
नारी बाटिका
काठमाडौं २८ साउन ।
आज साउनको अन्तिम सोमबारका दिन काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालय मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । साउनको अन्तिम शोमबार भएकोले बिहानै ३ बजेदेखि पशुपतिनाथ मन्दिरको चारै ढोका खोलिएको थियो । काठमाडौंको सुन्दरीजलदेखि पशुपतिनाथ मन्दिरसम्म जल चढाउन गेरुवस्त्रधारी ुबोलबमु भक्तजनहरुको निकै भीड लागेको छ ।
साउन महिना भगवान शिवको जनम महिनाको रुपमा लिईन्छ । त्यसैगरी शोमबार शिवजीको विशेष बार मानिन्छ । आज बिहानै देखी स्नान गरि शुद्ध भई शिवालयहरुमा पूजा आरधना र दर्शन गरेमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास छ । आज साउनको अन्तिम सोमबार भएकाले सोमबारे ब्रत बस्नेले गोदान, पूर्णपात्र सहित कामना पूर्ण होस् भनी ब्रत समापन गर्नु पर्दछ ।
आजै बोलबम भन्दै गरुवस्त्र धारण गरि खाली खुट्टा जलाशयबाट जल ल्याइ शिव लिंगमा चढाउने गरिन्छ । नेपाल र भारतका शिवालयहरुमा साउन महिनामा बोलबम भन्दै हिडेका गेरुवस्त्रधारी भक्तजन धेरै भेटिन्छन् । काठमाडौंमा सुन्दरीजलको जल पशुपतिसम्म पैदल आएर चढाउने प्रचलन छ ।







प्रतिक्रिया दिनुहोस