आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

आफ्नै श्रीमान्ले घरायसी विवादमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

२०८१ भाद्र ५, बुधबार मा प्रकाशित ( १ साल अघि) १०२२४ पटक पढिएको
नारी बाटिका


झापा ५ भदौ ।

झापाको भद्रपुर शिवसताक्षी नगरपालिका–८ मा श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। भद्रपुर शिवसताक्षी नगरपालिका–८ स्तिथ निवासी ओमप्रकाश अधिकारीले घरयासी विवादमा श्रीमती ५३ वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेका हुन्

ओमप्रकाश आधिकारीले श्रीमती रञ्जना गौतमको मंगलबार साँझ धारिलो हतियार प्रहार गर्दा रञ्जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनु भयो।

हिजो सो घटना घटेलगत्तै प्रहरीले श्रीमान् ओमप्रकाशलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस