आज: २०८२ चैत्र २२, आईतबार | Sun, 05, Apr, 2026

ऐना पहरामा भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु

२०८१ भाद्र ७, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १२६५२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ- ७ भदौ ।

तनहुँको ऐना पहरामा भारतीय बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। भीरमा भएको दुर्घटना ग्रस्त उक्त बसबाट १४ जनाको शव निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिनु भयो ।

दुर्घटनास्थलमा प्रहरीको उद्धार कार्य जारी छ। केही यात्रु हराइरहेका छन् भने उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। उक्त बस भीरमा दुर्घटना भएको कारण तुइनको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको छ। उद्धारमा १० गोताखोर सहित सशस्त्र प्रहरीको ८० जनाको ठुलो टोली खटिएको छ। नेपाल प्रहरी,सशश्र प्रहरी समेत उद्धारमा खटिएका छन्।

शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐना पहारा भन्ने ठाउँबाट मर्स्याङ्दीमा खसेको थियो। यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस