
नारी बाटिका
काठमाडौं १६ भदौ ।
नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । शनिबार बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपयाँ र डिजल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाएको छ।
त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ रुपयाँले घटाएको जानकारी दिएको छ । निगमले आजको गएराति १२ बजेदेखि लागु हुने गरी निगमले मुल्य घटाईएको जनाएको छ ।
त्यसैगरी एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मुल्य यथावत राखिएको निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ निर्धारण गरेको छ ।








प्रतिक्रिया दिनुहोस