आज:  | Tue, 10, Sep, 2024

आज कुशे औंसी बावु नहुनेले बिहानैदेखि गोकर्णेश्वर र नुवाकोटको बेत्रावती गई तर्पण दिने

१७ भाद्र २०८१, सोमबार ०३:१२ मा प्रकाशित ( १ हफ्ता अघि) १०२ पाठक संख्या
नारी बाटिका


बिबियु नारी बाटिका संवादवाता

धादिङ – १७ भदौ ।

हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन बावु हुनेहरुले बावुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । नेपालीको परपरा र संस्कृर्ती अनुसार कुशेऔंशी आज तर विदेशमा बस्ने नेपालीले भने हिजै मनाईसकेका छन्  । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । तर पिता नहुनेहरुले भने आज कुशे औंशीका दिन काठमाण्डौको गोकर्णमा गई श्राद गरी पितृलाई तर्पण दिने गर्दछन् ।

आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा चलि आएको छ । त्यस्तै, बेत्रावती उत्तरगया लगायत पवित्र स्थलमा आजका दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने धार्मिक मान्यता छ ।

त्यसैले आज बिहानैदेखि गोकर्णेश्वर र नुवाकोटको बेत्रावती लगायतका नदीतलाउहरुमा मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।

भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्य लगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ । हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको अवतार तथा प्रतीक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ ।

तर अघिपछी औंसी बाहेकका दिन उखेलिएको कुश भने त्यसदिन मात्र प्रयोग गर्न सकिने र अन्य दिनलाई कुनै पनि पितृ कार्य धार्मिक कार्यलाई प्रयोग गर्न नमिल्ने धार्मिक विश्वास छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस