आज: २०८३ भाद्र २३, मंगलबार | Tue, 08, Sep, 2026

नीलकण्ठद्वारा बाढीमा ज्यान गुमाएकाहरुको आत्माको चीरशान्तिको सामूहिक दिप प्रज्वलन

२०८३ भाद्र २३, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) २४९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डटकम
धादिङ २३ भदौ ।
भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नगबासीको आत्माको चीरशान्तिको कामना गर्दै नीलकण्ठ नगरपालिकाको आयोजनामा सोमबार धादिङको सदरमुकाम धादिङबेसीम दीप प्रज्वलन गरिएको छ ।

भदौ १२ गते जनैपुर्णिमाको दिन गोसाईँकुण्ड दर्शनका लागी धादिङदेखी भदौ १० मा यात्रामा निस्किएका धादिङको निलकण्ठ नगरपालिकाका मेयर भिमप्रशाद ढुंगानाका आफ्नै कान्छी दिदी सीता तिवारीसहित २९ जना यात्रुहरु रसुवाको भोटेकोसी बिनाशकारी बाढीमा परी मृत्यु भएका थिए ।

यात्राका क्रममा त्रिशुली नदीमा आएको भिषण बाढीमा परी दिवंगत भएका नीलकण्ठ नगरपालिका निवासी ३८ जनासहित धादिङ जिल्लाका १४३ जना विभिन्न पालिकाका जनप्रतिहरु,धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पान्ड्य,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधीहरु लगायतका टोलिले शोमबार साँझ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सामूहिक दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस