
बिबियु,नारी वाटिका डटकम
धादिङ -२२ भदौ ।
धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णभीरमा सडक भासिएर पछिल्लो एक सातादेखी अवरुद्ध बनेको पृथ्वी राजमार्गका कारण वैकल्पिक मार्ग हुंदै ८७ हजारभन्दा बढी सिलिण्डर ग्यास काठमाडौं भित्र्याइएको छ ।
नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा ग्यास कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ‘रिफिलिङ’ (पुनः भर्ने) गरी ८७ हजार ८७७ वटा सिलिण्डर काठमाडौं उपत्यकामा ल्याइएको हो ।
तर यसरी यति ठुलो परिणाममा ग्यास सिलिण्डर भित्रिएपछी पछिल्ला केही महिनायता बजारमा खाना पकाउने ग्यासको अभाव कायमै छ । ग्यासको अभाव कम गर्न यही भदौ १८ देखी भदौ २० गतेसम्म २९ हजार २४९ वटा सिलिण्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
देशकै मुख्य राजमार्गको रुपमा रहेको धादिङको पृथ्वी राजमार्ग सडकखण्ड अवरुद्ध भएपछि निगमले उपत्यका तथा आसपासका क्षेत्रका वैकल्पिक मार्ग प्रयोग गरी पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति गर्ने काम भैइरहँदा पनि बजारमा ग्यासको अभाव हुन कम भएको छैन ।
यता निगमले भने ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि ‘रिफिलिङ’ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिइएको बताएको ।












प्रतिक्रिया दिनुहोस