
नारी बाटिका
काठमाडौं १८ भदौ ।
पूर्व प्रहरी संगठन प्रमुख मञ्चद्वारा,सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । मञ्चले मंगलबार एक विज्ञप्ती जारी गर्दै मन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप गरेकोले यस्तो माग गरिएको हो ।
मन्त्री गुरुङले सार्वजनिक कार्यक्रममा एक विशिष्ट श्रेणीका राष्ट्रसेवक नेपाल प्रहरीका ‘प्रहरी महानिरीक्षको जिब्रो थुत्नुपर्ने’ विवादित जस्ता शब्दहरुको प्रयोग गनरेकोमा सो विज्ञप्ती मार्फत गम्भीर ध्यानाकार्षण गराएको छ ।
साथै विज्ञप्तीमा भनिएको छ( ‘पदीय हैसियतमा माननीय मन्त्रीज्यूसँग् सबैले शालिन, ससंस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन् । यसको विपरित माननीज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरी जस्तो गरिमामय र नेपाल सरकारको सबैभन्दा सक्रिय संगठनको नजरबाट माननीयज्यू गिर्नु भएको छ ।’
त्यसैगरी प्रमुख मञ्चले आफ्नो अभिव्यक्ति फिर्ता लिएर प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग माफी माग्न समेत आग्रह गरेको छ । साथै मन्त्रीको असंवेदनशील अभिव्यक्तिको घटनालाई आवश्यक संज्ञानमा लिएर कारवाही गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेको छ ।
पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विवादमा परेपछि मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन समेत सुझाव दिएका थिए








प्रतिक्रिया दिनुहोस