आज:  | Sun, 09, Feb, 2025

सत्तारूढ दलका शीर्ष नेताहरूबीचको विशेष छलफल

२४ भाद्र २०८१, सोमबार १०:३९ मा प्रकाशित ( ५ महिना अघि) १०७९ पटक पढिएको
नारी बाटिका


काठमाडौं– २४ भदौ ।

सत्तारूढ दलका शीर्ष नेताहरूबीचमा विशेष छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच आईतबार विशेष कुराकानी भएको हो ।

छलफलका क्रममा सरकारका कामकारबाहीको समीक्षाका साथै थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै सोही छलफलमा चार सदस्यीय कार्यदल रहेको समिति पनि गठन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार भएको छलफलमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरू गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवाको उपस्थिती रहेको थियो ।

त्यसैगरी सो छलफलमा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी हुन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस