आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

आज विश्व आत्महत्या रोकथाम दिवस,पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै

२०८१ भाद्र २५, मंगलबार मा प्रकाशित ( १ साल अघि) ८३९८ पटक पढिएको
नारी बाटिका


काठमाडौं – २५ भदौ ।

हरेक वर्ष सेप्टेम्बर १० तारेखका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ। ‘साथै यस वर्षको आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ मुल नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।

पछिल्लो समयमा विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुने गरेको बताएको छ। त्यस्तै नेपालमा पनि दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन्।

आर्थिक वर्ष २०८०र ८१ मा मात्रै नेपालमा सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.यदुचन्द्र घिमिरेका अनुसार आत्महत्याको को उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरूलाई निरन्तर निगरानीमा राख्नुपर्ने बताउँछन्।

त्यसैगरी नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि संसदीय समितिको निर्देशन अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन नम्वरको सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस