
काठमाडौं – २६ भदौ ।
गेष्ट हाउसमा एकजना पुरुष मृत फेला परेकी छन् । मंगलबार काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा एकजना पुरुष मृत अवस्थामा भेटिएको हो । मंगलबार दिउँसोपख उक्त गेष्ट हाउसको तीन तलाको ८ नम्बर कोठामा शव भेटिएको थिए ।
उनी यही भदौ २२ गतेदेखि त्यस गेष्टहाउसमा बस्दै आएका थिए । मृतक सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
प्रहरीले उक्त शव पोष्टमार्टमका लागि पठाइएको छ भने सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस