आज: २०८३ आश्विन २, शुक्रबार | Fri, 18, Sep, 2026

राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला प्रहरी धादिङद्वारा सचेतनामुलक कार्यक्रम

२०८१ भाद्र २९, शनिबार मा प्रकाशित ( २ साल अघि) १०३६८ पटक पढिएको
नारी बाटिका


धादिङ २९ भदौ ।

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला प्रहरी कार्यलय धादिङद्वारा सचेतनामुलक कार्यक्रम गरेको छ ।  राष्ट्रिय बाल दिवसूको अवसरमा समाजमा सचेतना जगाउने उदेस्यले सन्देशमुलक जिङ्गल प्रसारण, पर्चा पम्पलेट वितरण गरिएको थियो । बालबालिकामा लगानीः सुनिश्चित भविश्यको थालनीू भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।  

कार्यक्रममा धादिङको नीलकण्ठ नगरपालिकास्थित नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालय, चिल्ड्रेन पार्क बोर्डिङ स्कुल र दहिचौतरा चोक स्थित स्थानियवासी समेत गरी ७० जनाको सहभागितामा बालबालिकाले पाउने अधिकारको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

त्यसैगरी सिरान बजार देखि पुछार बजार सम्म सन्देशमुलक जिङ्गल प्रसारण गरिनुका साथै पर्चा पम्पलेट आदी वितरण तथा सचेतनामुलक कार्यक्रम गरी समापन गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी एवं् प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस