आज: २०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

लामो विवादपछी न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम,सहरको स्वरुप सुन्दर

२०८१ आश्विन ६, आईतबार मा प्रकाशित ( १ साल अघि) ७७७९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ६ असोज ।

निकै विवाद र विरोधको सामनापछी मेयर वालेन शाहले काठमाडौं न्यूरोडमा फुटपाथ व्यवस्थित गर्दै सुन्दर बनाउने भएका छन् । शहरलाई सुन्दर व्यवस्थित गर्ने योजनाको साथ न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुर्याएका छन् ।

उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै महानगरलाई फुटपाथ विस्तार गर्न बाटो खुलेको थियो।

त्यसैगरी महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो। तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गर्नुका साथै पछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो।

पटक पटकको विवाद पछि हाल भने कामपा २४ वडाको फुटपाथ विस्तार कार्य अन्तिम चरणमा पुगेको छ। यसरी सडक डिभिजन कार्यालय, वडा र स्थानीय सँगको पटक पटकको विवादपश्चात् अहिले भने सो क्षेत्रको फुटपाथ फराकिलो मात्रै नभई सुन्दर बनेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस