आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

ऋण खाएर तिर्नु नपर्ने भन्दै सहकारीका ठगलाई उचाल्दै हिडेका प्रसाईलाई थप ५दिन हिरासतमा राख्न अदालतको आदेश

२०८१ आश्विन १०, बिहिबार मा प्रकाशित ( १ साल अघि) ४६८७ पटक पढिएको
नारी बाटिका


काठमाडौं १० असोज।

सहकारीबाट ऋण लिएर ठगी गर्ने मनसायले भागेका सहकारी ठगहरुलाई उचाल्दै सडकमा ल्याएर आन्दोलन मच्चाएका मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । प्रसाईँलाई प्रहरीले पक्राउ गरेसंगै बुधबार काठमाडौं जिल्ला अदालतले थप ५ दिनसम्म उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

देशमा गरिव तथा विपन्न वर्गका नागरिकले जम्मा गरेका बचताकर्ताबाट संकलित बचत संकलनबाट ऋण प्रभाह हुने सहकारीको ऋण तिर्न पर्दैन,यो ऋण सरकारले नै तिर्ने हो भनेर सहकारी ठगहरुलाई उचाल्दै सडकमा ल्याएर आन्दोलन मच्चाएका थिए ।

साथै प्रसाईँले जिल्ला जिल्लामा त्यस्ता ठगहरुको जिल्ला संन्जाल समेत गठन गरी सम्पुर्ण स्थानीय स्तरमा संन्चालित बैंक तथा सहकारी संस्थाहरुमा पत्रचार गर्दै धम्क्याउने कार्य गर्न तहल्का मच्चाउदै हिडेका प्रसाईँ गत आइतबार विद्युतीय अपराध कसुरमा पक्राउ परेका थिए ।

यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएकोमा बुधबार पुनः म्याद थप गरिएको छ । प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस