
बिबियु,नारी वाटिका। डटकम
धादिङ -१५ साउन ।
इरानी मिसाइल आक्रमणबाट कुवेतमा रहेका नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रको फुफेन आइल्यान्डस्थित चाइनिज कम्पनीको भवनमा गरिएको इरानी आक्रमणमा परी श्रमिक तामाङको मृत्यु भएको हो। बिहिबार भएको उक्त घटनामा परी २०२२ देखि कुवेतमा सवारी चालकको रुपमा काम गर्दै आएका ताामङको मृत्यु भएको हो।
ति देशहरुकाबिचमा स्थाइ रुपमा सान्ति सम्झौता हुन लगभग पक्का पक्की भएको अवस्था भएपनि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमको घमण्डका कारण पुन ः युद्ध सुरु भएको अवस्था छ । इरान र –इजरायलबीच जारी युद्धबाट पश्चिम एसियामा मृत्यु हुने श्रमिकमध्य यससंगै दुई जना नेपालीले ज्यान गुमाएका छन् ।
यसअघि पनि यूएईमा श्रम गर्दै आएका गोरखा जिल्लाका दिवस श्रेष्ठको मृत्यु भएको थियो। कुवेतको रक्षा मन्त्रालयले बिहीबार एक जारी प्रेस विज्ञप्ति इरानको आक्रमणले देशको उत्तरी क्षेत्रमा रहेको एक चिनियाँ कम्पनीको भवनमा हमला गर्दा श्रमिकको मृत्यु भएको जनाएको थियो।
आक्रमणले उक्त भवनमा ठूलो परिमाणमा भौतिक क्षति पुगेको जनाएको छ। एक साताअघि कुवेत सरकारले जारी गरेको विवरण अनुसार कुवेतमा एकलाख ८६ हजार नेपाली श्रमिकहरु रहेका छन्।
जसमध्य कम्पनीमा एक लाख १५ हजार, घरेलु श्रमिकमा ६८ हजार ९ सय र सरकारी क्षेत्रमा चार सय २१ जना नेपालीहरुले काम गरिरहेका छन्।












प्रतिक्रिया दिनुहोस