आज: २०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

आज साउन १५ का दिन घर घरमा खिर खाएर मनाइँदैछ

२०८३ श्रावण १५, शुक्रबार मा प्रकाशित ( १ मिनेट अघि) २८० पटक पढिएको
नारी बाटिका


बिबियु नारी वाटिका डट्कम
धादिङ -१५ साउन ।

आज साउन १५ गते का नेपाली समाजमा खिर खाएर यस पर्व मनाइँदै छ। वर्षा ऋतु साथै वर्षायाममा धेरै जसो नेपालीहरु कृर्षी कर्ममा लाग्ने भएकोले असार साउनको वर्षे झरीमा रुझेर खेतबारीमा काम गर्ने भएकाले असारमा दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन प्राचीनकालदेखि चलि आएको मौलिक परम्पराका हो।

साथै साउने झरीले खेतबारीमा काम गर्दा चिसो लागेका किसानीलाई तातो खिरले स्वास्थ्यलाई राम्रो बनाउने भएकाले भएकाले खिर खाने चलन चलि आएको हो। दूधमा गरम मसलालालगायतका काजु,किस्मीस् हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको बुढापाकाको भनाईछ ।

संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्त्वपूर्ण परिकारका रूपमा लिईने वैदिक शास्त्रमा उल्लेख गरिएको छ। साउनमा हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाईभैँसीले पनि दूध धेरै दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र तथा चेलबेटीलाई घरमा बोलाएर खिर खुवाउने प्रचलन छ ।

यसका साथै साउन महिनामा विशेषगरी भगवान् शिवको विशेष पुजा आरधना गरिने महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ जस्ता परिकारहरु बनाई विधिपूर्वक पुजा आरधना गरी चढाइन्छ।

साउन महिनाको मध्य पारेर खिर खाने प्रचलन चलेको वौद्धिकहरुको भनाइ छ। देव कार्य र पितृ कार्य दुबैमा खिर पकायर चढाउन मिल्ने प्रशादीको रुपमा लिएकोले ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने प्रचलन चलिआएको हो।

अहिले पनि नेपाली समाजका वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस (खिर) बनाउने प्रचलन छ। यसरी खिर बनाउँदा चामल, सावदाना, सेवइ, मकै, गाजरलगायतको खिर पनि बनाउने गरिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस