
नारी बाटिका
धादिङ – १२ असोज ।
बिहिबार रातिदेखिको अविरण वर्षाका कारण धादिङको थाक्रेस्थित घरमा आएको पहिरो पन्छाउने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशीका कान्छा राई रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनु भयो ।
राई आज विहान करेसामा भल पस्यो भनेर पन्छाउने क्रममा अचानक घर माथिबाट आएको पहिरोले पुरिँदा उनको मृत्यु भएको हो । महादेवबेसि,थाक्रे,बेल्खु खोला,मशेशखोला,,त्रिशुली नदी,धादिङवेशीस्थितका थोपलखोला,अरुणखोला लगायतका अधिकांश क्षेत्रका साना तथा ठुला नदी खोलामा बाढीको बहाव बढेको छ ।
साथै बाढी पहिरोको जोखिममा रहेका नदी तटीय क्षेत्रका धेरैजसो घरहरु खालि गराउन जिल्ला विपत व्यवस्थापन समितिले सुझाव दिदै आएको छ ।








प्रतिक्रिया दिनुहोस