आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

घन प्रहार गरी एकजनाको हत्या

२०८१ आश्विन १६, बुधबार मा प्रकाशित ( १ साल अघि) १०८२९ पटक पढिएको
नारी बाटिका


स्याङ्जा– १६ असोज ।

हरिनास गाउँपालिका –४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एक जनाको हत्या भएको छ। घन प्रहार गरी हत्या गरेको अभियोगमा मंगलबार प्रहरीले स्थानीय ३२ वर्षीय सुरेश थापालाई नियन्त्रणमा लिएको छ।

घरमा आरनमा फलामको काम गरिरहेका ५८ वर्षीय प्रेमबहादुर कामीलाई थापाले घनले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।

थापालाई घनसहित नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। घटना के कसरी भयो सो सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।ल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस