
नारी बाटिका
बिबियु नारी बाटिका डट्कम
धादिङ १७ असोज।
आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिनको सम्पुर्ण नेपाली जनहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं । आज जमरा छर्ने दिन अर्थात् घटस्थापना पहिलो दिन हो । वडादशैंमा छरिने जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ
त्यसपछी नवरात्रीभरिनै प्रत्यक दिन पूजाअर्चना गर्ने गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भएतापनि दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अकुुंरित वालाहरू समावेश हुने गर्दछ ।
त्यसैगरी माटो, पानी, हावा, फूल, आँकुरासंग संमिकरण रहेको यसको धार्मिक मान्यता मात्रै नभई योसंस्कारले वनस्पतीसंग मानिसको अत्यन्तै नजिक सम्वन्ध रहेको हुन्छ । हिन्दूहरुको महान पर्व दशैंमा जमरा संस्कृती एउटा मौलिक धरोहरको रुपमा रहि आएको पाईन्छ ।
आजबाट सुरु भएको दशैं पर्वको दशौं दिन अथार्त विजया दशमीको दिन लाइने जमरा उमार्नका लागि आजको दिन अर्थात् घटस्थापना अति महत्वपूर्ण दिनको रुपमा लिने गरिन्छ ।







प्रतिक्रिया दिनुहोस