आज: २०८३ अषाढ ९, मंगलबार | Tue, 23, Jun, 2026

बाहिर झगडा जस्तो र भित्र भागवण्डा गरी कांग्रेस र कम्युनिष्टले देश गम्भीर मोडमा

२०८१ कार्तिक ४, आईतबार मा प्रकाशित ( १ साल अघि) ९८११ पटक पढिएको
नारी बाटिका


जलेश्वर ४ कार्तिक ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बाहिर हेर्दा,सुन्दा झगडा जस्तो र भित्रभित्र स्वार्थको अवसरलाई भागवण्डा गर्ने गरी काङ्ग्रेस र कम्युनिष्ट मिलेर देशलाई गम्भीर मोडमा पुर्याएको आरोप लगाएका छन्।

शनिबार जनता समाजवादी पार्टी (जसपा)नेपाल महोत्तरीद्वारा आयोजित जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण विशेष अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन्।

मुलुकमा काङ्ग्रेस कम्युनिष्टको बाहिर हर्दा,सुन्दा झगडा जस्तो र भित्रभित्र भागवण्डा गर्ने गरी मिलेर ३५ वर्ष गरेको शासनको उपलब्धि कुशासन, भ्रष्टाचार, विदेशी ॠण थोपर्नु मात्र रहेको दावी गर्दै अध्यक्ष यादवले उनीहरुविरुद्ध सडक र सदन दुवै मोर्चाबाट संघर्ष गर्नुपर्ने बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस