
नारी बाटिका
कैलाली ९ कार्तिक ।
कञ्चनपुरमा एक दम्पतीको हत्या भएको छ। कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका १ विनाबारी मा रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिनु ।
उनीहरूको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरी सुचना अधिकारी जोशीले बताउनु भयो । घटना बारे थप जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ पुग्दै छ भने साथमा सोही लालझाडी १ वडाका वडाध्यक्ष प्यारेलाल राना सहितको टोली घटनास्थलमा जाँदैछ ।
गएराति दम्पतीको हत्या भएको थियो । प्रहरीका अनुसार श्रीमान्को टाउको फुटेको छ । घरको आँगन रक्ताम्मे छ । महिलाको शव खाटबाट तल झरेको अवस्थामा छ । तालिम प्राप्त कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । घटना बारे विस्तृत जानकारी आउन बाँकी छ ।








प्रतिक्रिया दिनुहोस