आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

लक्ष्मी पूजा, ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको आज पूजा आराधना गरी मनाइँदै

२०८१ कार्तिक १५, बिहिबार मा प्रकाशित ( १0 महिना अघि) ३६२१ पटक पढिएको
नारी बाटिका


बिबियु
धादिङ -१५ कार्तिक ।

आज लक्ष्मी पूजा, ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ । नेपालीले मनाउने आजको दिनको विशिष्टता भनेको हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो नेपथ्यको रङ्ग को पुरै ओभानो नभइसकेको आँगनदेखी मुल घरको पुजा कोठासम्म लिमिन्छ । घर,आँगललाई उज्यालो बनाउनका लागी शुद्ध कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरूले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्राले बनाईएका टेकोहरू, हुन्छन् ।

यसैगरी घरको आँगनमा मिठो तथा स्वादिलो वासना आउने सेल रोटी, अर्सा अनि अनर्साको परिकारहरु बनाईन्छ । तिहारमा साना साना बच्चाहरुले पड्काउने पटकाहरु पड्किरहेकाले झन् रमाईलो आभाष हुन्छ भने पटकाको ज्यालोको फोहोरा छर्ने फूल झरी लगायतका रौनकहरू आजको दिनको विशिष्टता हो ।

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरी मनाइँदैछ । यसै कारणले पनि घर,आँगन चोक चोकमा सफासुग्घर गरिएको हन्छ । साथै घरको पुजाकोठामा गाईको शुद्ध गोबरले लिपपोत गरिएको हन्छ । यदी गाईको गोबरले लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा पनि आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

विशेषगरी आजका दिन घरका झ्याल, ढोका, चोटा, कोठा, दैली तथा घरका सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा दीपावली परेकोले यसरी मनाईन्छ छ ।लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइ किने गरिन्छ ।

यसैगरी लक्ष्मी आउँदा टेकिने पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपुजा गरीसकेपछी कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने पनि धार्मिक विश्वास रहेको छ ।

यस्तै लक्ष्मी पूजा गर्दा सन्ध्याकालमा गरीने र मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनु भयो ।

साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए ।

तिहारमा खेलिने देउसी भैलो पनि आजबाटै सुरु हुन्छ । साथै देउसी भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ ।

ठाउँ विशेष तथा कूल परम्परा अनुसार कतै आजैका दिनको बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी दिनु भयो । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार हिजो बुधबारदेखि सुरु भएको हो ।

चान्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर पाँचदिनसम्म बहिनीकै घरमा बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक भनिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस