
पोखरा २६ कात्तिक।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पुर्वगृह्रमन्त्री रवि लामिछानेमाथि चौथो पटक १३ दिनको म्याद थप भएको छ । आईतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यसै कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनीमाथी पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ दिन र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया दिनुहोस