आज: २०८३ मंसिर ३, बुधबार | Wed, 18, Nov, 2026

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा बादल र हिमपात हुन सक्ने

२०८३ मंसिर ३, बुधबार मा प्रकाशित ( ४२ सेकेण्ड अघि) ० पाठक संख्या
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ २ मङ्सिर ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही दिनदेखी चिसो पनि बढ्न थालेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहने तथा कोशी र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।

यस्तै,आज राति कोशी, मधेस, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली रहने पुर्वानुमान गरिएको छ। साथै भोली(बिहीबार) दिउँसोसम्म कोशी, मधेस,तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने छ ।

बाँकीे अन्य भूभागमा मौसम मुख्यतया सफा रहने छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑