आज: २०८२ चैत्र २४, मंगलबार | Tue, 07, Apr, 2026

बागमती मन्त्रिपरिषद्को बैठकले दुई सचिवलाई थप जिम्मेवारी दिने निर्णय

२०८१ मंसिर ११, मंगलबार मा प्रकाशित ( १ साल अघि) ५४७८ पटक पढिएको
नारी बाटिका


मकवानपुर ११ मंसिर ।

बागमती प्रदेश मन्त्रिपरिषद्को शोमबार बसेको बैठकको निर्णयले दुई सचिवलाई थप जिम्मेवारी दिने तय गरेको छ ।

सो बैठकले साविक सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरैलाई युवा तथा खेलकुद मन्त्रालयमा र उद्योग वाणिज्य भूमी तथा प्रशासनको मन्त्रालयका सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको थप जिम्मेवारी तोक्ने निर्णय गरेको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताउनु भयो।

यससंगै सोही बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ लाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै बागमती प्रदेश खेलकुद विकास परिषद्मा चार जना सदस्य नियुक्त गरिएको छ । नवनियुक्त परिषद्को सदस्यमा क्रमशः ललितपुरका रवि महर्जन, मकवानपुरका सङ्गीत श्रेष्ठ, चितवनका नवीना खनियाँ र रामेछापका कल्पना खड्का नियुक्त हुनु भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले बताएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस