
नारी बाटिका
काठमाडौं १५ मंसिर ।
नेपाली हिन्दु समुदायले शनिबार बालाचतुर्दशी पर्व विशेष पूजा र अनुष्ठानसहित मनाउँदैछन् ।
हिजो (शुक्रबार) साँझ काठमाडौंस्थित पशुपतिनाथ मन्दिरलगायतका देशभरका शिवालय मन्दिरमा श्रद्धालु भक्तजनले राति जाग्राम बसेर दिवंगत पितृको सम्झनामा दीप प्रज्वलन गरेका र्छन् । हिन्दु धर्म,संस्कृती र धार्मिक विश्वास अनुसार, आफ्ना दिवंगत पितृ मोक्षका लागि यो पर्व महत्त्वपूर्ण रहेको छ ।
श्रद्धालु भक्तजनले बालाचतुर्दशीको अवसरमा रातभर भगवान् शिवको आराधना गर्दै भजनकीर्तन र कथा वाचन गर्ने परम्परा समेत रहिआएको छ। यसै पर्वको मुख्य दिन आज(शनिबार) बिहान श्रद्धालुले सात प्रकारका अन्न (शतबीज) छर्दै पितृप्रति श्रद्धा प्रकट गर्दै छन् ।
शतबीज छर्नको लागी गहुँ, मकै, चना, तील, तोरी, सिमी, र कालो तीललाई शतबीजका रूपमा विषेश प्रयोग गर्ने गरिन्छ। त्यस्तै ठाउँ विशेष अनुसार कसैले अमिलो(निबुवा)मकै,मुइमास,विभिन्न प्रकारका फलफुलहरु लगायत पनि छर्ने गरिन्छ ।







प्रतिक्रिया दिनुहोस