आज: २०८३ अषाढ ६, शनिबार | Sat, 20, Jun, 2026

राष्ट्रपति पौडेललाई प्रोस्टेटको समस्या देखएपछी शिक्षण अस्पताल भर्ना

२०८१ मंसिर १९, बुधबार मा प्रकाशित ( १ साल अघि) ५८२६ पटक पढिएको
नारी बाटिका


काठमाडौं १९ मंसिर ।

आज विहानै राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछी बुधबार बिहानैै उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

प्रवक्ता भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा.धनश्याम भूसालले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस