

बिबियु
धादिङ १९ मंसिर ।
धादिङ जिल्लाको निलकण्ठ नगरपालिका स्थित धादिङवेशीमा रहेको धादिङ अस्पतालको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मंगलबार आर्थिक वर्षको २०८१।०८२ को चालु आवको सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो ।

मंगलबार स्वास्थ्य कार्यलय धादिङका डा.गगन अधिकारीको अध्यक्षतामा सम्मन्न भएको कार्यक्रममा सेवाग्राहीहरूको गुनासो, जिज्ञासा, सेवा बारे प्रतिक्रिया सहितको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।
वागमती प्रदेश मातहतमा संन्चालित जिल्ला अस्पताल धादिङले आयोजना गरेको कार्यक्रममा सेवाग्राहीहरूले राखेको जिज्ञासा तथा प्रश्नहरूको जवाफ अस्पताल, व्यवस्थापन समितिका अध्यक्ष र कार्यालय प्रमुख डाक्टर गगन अधिकारीले दिनु भएको थियो । कार्यक्रम पत्रकार मनिश दुवाडीले सन्चालन गर्नु भएको थियो ।












प्रतिक्रिया दिनुहोस