
काठमाडौं २३ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल)आज हुने सुरु कै खेलमा लुम्बिनी लायन्स जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई टोलीबीचको खेल अहिले बिहान ९ बजेदेखि सुरु हुने छ।
जनकपुरको नेतृत्व अनिल शाहले गर्नेछन् भने लुम्बिनीबाट रोहितकुमार पौडेलले नेतृत्व गर्ने भएका छन्। जनकपुर अपराजित चरणमा छ। आइतबारको उद्घाटन खेलमा विराटनगर किंग्सलाइ हराएको जनकपुरले कर्णाली र चितवन राइनोजलाई पनि पराजित गरेर आफ्नो चौथो खेल आज खेल्न लागेको हो।
यता लुम्बिनीका टोलीले पनि अहिलेसम्म एउटा खेलमा पनि विजिजेता हाँशिल गर्न सकेको छैन। लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूरपश्चिमसँग भएका तीनै खेलमा पराजित सामना गर्नु परेको थियो ।












प्रतिक्रिया दिनुहोस