
नारी बाटिका
काठमाडौं २७ मंसिर ।
नेपाल प्रेस युनियनले पत्रकार महासंघका वरिष्ठ उपाध्यक्षले निर्वाचन गर्न नसकेपछि राजीनामा दिएर हिडेका रमेश विष्टसहितका उम्मेद्वारलाई निष्काशन गर्ने निर्णय गरेको छ ।
विधान(२०४९(छैटौं संशोधन–२०७९) को धारा ३४ ले गरेको व्यवस्था तथा नेपाल प्रेस युनियन केन्द्रीय सचिवालयको निर्णय अनुसार नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा युनियनको संस्थागत निर्णय विपरित उम्मेदवारी दिएको भन्दै विष्टसहितका चारजनालाई कारवाहीको चेतावनी दिएको हो ।
त्यसपछी विष्टसहितलाई प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ अन्यथा, अनुशासन उलंघन गरी उम्मेदवारी दर्ता गरेका विष्टसहितका नेपाल प्रेस युनियनका सदस्यलाई बुधबारदेखि लागू हुने गरी साधारण सदस्य समेतबाट चार वर्षका लागि प्रेस युनियनबाट निष्कासन गरिएको जानकारी गराएको छ ।
सार्वजनिक विज्ञप्तिमा विष्टसहित, विकास कार्की, श्रीजन झा, माधव दुलाल, अमृत बाँस्तोला, यदुनाथ बन्जरा,मिन बम, राम धामी, डडेलधुरा,राजु खराल,मिनराज गौतम, नारायण खड्का, ध्रुब रावललाई यस्तो चेतावनी दिएका हुन् ।
युनियनका वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय अनुसासन समितिका संयोजक प्रेम केसीले बुधबार जारि गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।








प्रतिक्रिया दिनुहोस