
नारी बाटिका
बिबियु
काठमाडौं ३० मंसिर ।
नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनले पहिलो पटक महिला नेतृत्व चयन गरेको छ। । महिला पत्रकारको लागी नेपाल पत्रकार महाँसंघको ईतिहाँस मै यो नौलो सफलता हो । सुक्रबार सम्पन्न भएको पत्रकार महांसंघको अधिवेशनमा गरिमामय केन्द्रीय अध्यक्षमा वरिष्ठ पत्रकार निर्मला शर्मा सम्मानजनक मतबाट निर्वाचित हुनु भएको हो ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित हुनु भएको छ । पत्रकार महासंघमा महिला नेतृत्वका रुपमा ऐतिहासिक जिम्मेवारी पाउनु भएकी नव निर्वाचित शर्मा लगायतका टिमलाई यस सफलतासंगै व्यवस्थापनको जिम्मेवारी पनि त्यतिकै चुनौतीपुर्ण रहेको छ ।
तरपनि नव निर्वाचित वर्तमान जुझारु यो टिमले सही रुपमा काम गर्ने संन्चार क्षेत्र,पेशागत संन्चार संगठन,पेशाकर्मी पत्रकारको उचित मुल्याङन गर्दै पत्रकारिता जगतमा नयाँ इतिहास कायम गर्नु हुनेछ भन्ने मतदाताहरुको आशा पनि उत्तिकै पलाएको देखिएको छ ।
यससंगै यसअघि बत्रकारितामा पनि कार्यमा असहयोग र लैंगिक रुपामा हुने मानसिक हिंसा गरेको महशुस भएको छ । महिला पत्रकार र महिलाद्वारा संन्चालित संन्चार गृह्रको लागी जिल्लाका महाँसंघले एकदमै विभेद गर्ने गरेकोले पनि महिलालाई हरेक क्षत्रमा विभेद हुने गरेको स्पष्टै भएको छ । अबको नेतृत्वले पेसागत हकहित र सुरक्षाका सवालमा र व्यावसायिकताको सवालमा नव निर्वाचित टिमले रचनात्मक भूमिका खेल्ने विश्वास पनि राखेको छ ।








प्रतिक्रिया दिनुहोस