
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -१४ चैत।
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमालेका कार्यकर्ताहरु बिरोधमा उत्रिएका छन् ।
शनिबार विहान भक्तपुरको गुन्डुस्थित आफ्नै निवासबाट सुतिरहेको अवस्थामा पक्राउ परेका वलीको पक्षमा आज दिउँसो राजधानीको विभिन्न स्थानबाट विरोध पर्दशनमा उत्रिएका एमालेका कार्यकर्ता र प्रहरीबिच झडप हुंदा केही पर्दशनकारीहरु गिरफतार भएका हुन् । साथै प्रहरीको लाठी प्रहारबाट केही पर्दशनकारीहरु घाइते पनि भएका छन्।
प्रदर्शनकारीहरु सिँहदरबारको दक्षिण गेटतर्फ जान खोज्दा प्रहरीद्वारा लाठीचार्ज भएको बताइएको छ। प्रदर्शनकारी र प्रहरीबिचमा घम्साघम्सी भएको थियो । सोही क्रममा प्रहरीदवारा लाठी चार्ज हुँदा एमालेका कार्यकर्ता युवराज ओलीलगायत घाइते भएका हुन्।
ै झपडको क्रममा केही गाडीमा तोडफोड भएको र प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यस पनि प्रहार गरेको थियो। टायर बालेर प्रदर्शनकारीले चर्को रुपमा बिरोध गरेका थिए । साथै केही व्यत्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस