आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

टिकटक बनाउने क्रममा विद्यालयकी नर्ससहित दुई जनाको लडेर मृत्यु

२०८१ पौष ७, आईतबार मा प्रकाशित ( ११ महिना अघि) ११७५० पटक पढिएको
नारी बाटिका


तेह्रथुम ७ पुस ।

तेह्रथुममा खोला किनारमा गएर टिकटक बनाउने क्रममा दुई जनाको लडेर मुत्यु भएको छ।

शनिबार दिउँसो तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका –५ स्थित गौखुरी माद्यामिक विद्यालयमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले दिएको जानकारी अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए। खोला किनारमा उभिएर नाच्दै टिकटक बनाउने क्रममा चिप्लिएर लडेपछी उनीहरु दुवैको खोलामा बगेर मृत्यु भएको थियो

हिजो दिउँसो अपराह्न खोलामा चिप्लिएर लडेपछी उनीहरु बगेपछी शव साँझ मात्रै भेटिएको जिल्ला प्रहरी प्रमुख चिनिमाया तामाङले बताउनु भयो । मृतकको शव उनीहरुका परिवारलाई आज(आइतबार) मात्रै बुझाउने प्रहरीले बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस