
नारी बाटिका
ललितपुर ९ पुस ।
फूलचोकी जङ्गलमा हराएका १३ जना युवा युवतीहरु प्रहरीको सम्पर्कमा आएका प्रहरीले बताएको छ ।
बाटो भुलेर शोमबार दिउँसोदेखि जङ्गलमा हराइरहेकाका उनीहरुको उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनु भएको हो ।
छुट्टाछुट्टै दुई समूहमा रहेका उनीहरु शोमबार दिउँसोदेखि हराइरहेका १३ जना नै फोन सम्पर्कमा रहेको र उनीहरुको उद्धार कार्य भइरहेको प्रहरीले बताएको छ ।
“गोदावरी नगरपालिका–३ फुल्चोकीमा हाइकिङका लागि गएका सात जनाको एक समूह अपराह्न १५ः३० बजेदेखि र ६ जनाको अर्को समूह १६ः०० बजेदेखि छोटो दूरीको बाटो भन्दै फर्कने क्रममा हराएको प्रहरीमा जानकारी आएको थियो ।
हराएका दुवै टोली सही मार्ग खोज्ने क्रममा एक आपसमा भेट भएका छन् । राति करिव १० बजेतिर उनीहरू प्रहरीसँग सम्पर्कमा आएका हुन् । उद्धारका लागि राति नै प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको ”, सूचना अधिकारी पौडेलले भन्नु भयो ।
हराउनेमध्ये १० जना युवा र तीन जना युवती रहेको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस