
सल्याना २४ पुस ।
सल्यानमा एकैघरका नाबालिका दिदीबहिनी घरभित्रै मृत भेटिएका छन् ।
आज विहान सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना घरभित्रै मृत फेला परेका हुन् ।
उक्त घटना बुधबार बिहान घटेको हो । सो समयमा आमा पूर्णिमा राना घरमै थिइन् । बाबु टेकमान राना भने रोजगारीका सिलसिलामा नुवाकोटमा रहेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ।
प्रहरीका अनुसार मृत दुवै दिदीबहिनीमा कुनै स्वास्थ्य समस्या नरहेको कारण घटना शङ्कास्पद देखिएको प्रहरीको भनाइ छ । साथै घटनाको सम्वन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस