
बिबियु,नारी वाटीका डट्कम
धादिङ-२५ असोज ।
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावले हालसम्म कोशी, मधेश र बागमति प्रदेशमा साधारणतया बादल लागेको छ।
आज दिउँसो हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति पनि हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईका थोरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ। अहिले कोशी, मधेश र बागमति प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
यसैगरी,आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक -दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।
साथै आज राति पनि हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएपनि तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु लाग्नेछ भने कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।












प्रतिक्रिया दिनुहोस