आज: २०८२ पौष २१, सोमबार | Mon, 05, Jan, 2026

महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस

२०८१ पौष २८, आईतबार मा प्रकाशित ( ११ महिना अघि) १२२७७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २८ पुस ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०। ०८१ को प्रतिवेदन पेस गरिएको छ । देशको न्यायपालिकाको मुख्य समेन्त्र महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति भवन शीतल निवासमा आज महान्यायाधिवक्ता रमेश बडालले प्रतिवेदन पेस गर्नु भएको हो।

सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्नेमा सुझाव दिनु भयो । यसैगरी राष्ट्रपति पौडेलले मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुने विश्वास व्यक्त गर्नु खयो ।

राष्ट्रपति पौडेलले “मुद्दा सफलताको प्रतिशत बढाउने भन्दा पनि न्याय पाए नपाएको वा पीडितमैत्री भए नभएको विषय महत्वपूर्ण हुन्छ भन्ने म ठान्दछु”, उहाँले भन्नु भयो,“त्यसैले कसुरदारलाई सजाय दिनेतर्फ मात्रै होइन पीडितले क्षतिपूर्ति सहितको न्याय पाउने विषयको सुनिश्चितता प्रदान गर्ने विषयसमेत महान्यायाधिवक्ताको जिम्मवारी हो ।”

उहाँले नेपालको संविधानको मौलिक हकमा अपराधपीडितको हक सुनिश्चित गरेका सन्दर्भमा त्यस्तो हकको रक्षाका लागि संविधानको प्रभावकारी कार्यान्वयन भए नभएको तर्फ पनि महान्यायाधिवक्तको कार्यालयले विशेष ध्यान दिनेमा विश्वास व्यक्त गर्नु भयो । सोही अवसरमा महान्यायाधिवक्त बडालले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस