
नारी बाटिका
काठमाडौं २३ माघ ।
नेपाल भ्रमणमा आएकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफियाले आज कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’को सेवा प्रभाहको अवलोकन गरेकी छिन् । विसं २०७४ देखि सेवा प्रभाह गर्दै आईरहेको उक्त अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’को सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ।
अधिराजकुमारी सोफिया ‘द इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)’को ‘ग्लोबल एम्बेस्डर’ (विश्व सद्भावनादूत) हुन्। विश्वबाट नै उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने अभियानमा लागेकी सोफियाले आँखा स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा विश्वव्यापी रुपमा कार्य गर्दै आएकी छिन्। ‘
विश्वका आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घ÷संस्थाको साझा छाता सङ्गठनको रुपमा रहेको आइएपिबी’ले आँखा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउँदै आईरहेको छ। अवलोकनका क्रममा अधिराजकुमारी सोफियाले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको उच्च सराहना गर्दै आगामी दिनमा नेपालले आफ्नो प्राथमिक स्वास्थ्य प्रणालीमा आँखा उपचार सेवालाई पनि अझ बलियो बनाउन लाग्नु पर्ने सुझाव दिएकी छिन्।
विगत ७ वर्षदेखी आँखा स्वास्थ्य विकासमा सेवा पुर्याउँदै आएको नेपाल नेत्रज्योति सङ्घले आफ्ना सञ्जालमार्फत आँखा उपचार सेवा प्रवाह गरिरहेको छ । नेपालका दुर्गम क्षेत्रमा समय समयमा घुम्ति शिविर समेत संन्चालन गरी सङ्घमार्फत हजारौँ आँखाका बिरामीले निःशुल्क आँखा उपचार पाईरहेका छन्।
नेपालीको समस्याका रुपमा रहेको ट्रकोमा रोगको सफलतापुर्वक उपचार भएको जानकारीबाट अधिराजकुमारी सोफिया अत्यन्तै प्रभावित समेत भएकी सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तको भनाई छ । राजकुमारी सोफियाले नेपाल भ्रमणका क्रमममा कीर्तिपुर आँखा अस्पतालको समेत अवलोकन गरेकोमा अध्यक्ष प्रा.डा.पन्तले धन्यवाद व्यक्त गरेका छन्।
सो अवसरमा सङ्घका महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, कीर्तिपुर आँखा अस्पताल व्यवस्था समितिका अध्यक्ष प्रा डा सविना श्रेष्ठ र मेडिकल निर्देशक डा एरिक वैद्यले अस्पतालका सेवाका बारेमा अधिराजकुमारी सोफियालाई जानकारी गराएका थिए।
सङ्घले नेपालका ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ। संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्ड र अधिराजकुमारी डचेस सोफी मंगलवार नेपाल भ्रमणमा आएका हुन्।








प्रतिक्रिया दिनुहोस