आज: २०८२ चैत्र १५, आईतबार | Sun, 29, Mar, 2026

यज्ञबहादुरको हत्या आरोपमा बुबा र दिदी पक्राउ

२०८१ फागुन २०, मंगलबार मा प्रकाशित ( १ साल अघि) १००७६ पटक पढिएको
नारी बाटिका


पाल्पा २० फागुन।

पाल्पाको बगनासकाली गाउँपालिका २ पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको हत्याको आरोपमा मृत्यकका बुवा र दिदी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मृतक कुमालका ६३ वर्षीय बुबा शेरबहादुर कुमाल र उनकी दिदी ३९ वर्षीया देवी कुमाल रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताएका छन्।

यही फागुन १५ को साँझ यज्ञबहादुर आफ्नै घरमा बेहोस अवस्थामा फेला परेका थिए। उपचारका लागि उनकी श्रीमतीले तानसेन पाल्पास्थित युनाइटेड मिसन टु अस्पतालमा पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए।

निज यज्ञबहादुर लाई आफनै बुवा र दिदीले कुटपिट गरेर हत्या गरेको प्रहरी प्रारम्भिक अनुसन्धानमा खुलेको प्रनाउ मल्लले बताए। उनीहरूबीच घरायसी विवाद भएको थियो । प्रहरीले आइतवार उनीहरुलाई नियन्त्रणमा लिई सो घटनामा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ।

साथै सोमवार पाल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस