आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

जनकपुरबाट काठमाडौँ उडेको जहाजको पाङ्ग्रा नै जनकपुरमा छुट्यो

२०८१ फागुन २३, शुक्रबार मा प्रकाशित ( १0 महिना अघि) ८१५४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २३ फागुन ।

जनकपुरबाट काठमाडौं छुटेको बुद्ध एयरको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा बिना नै अवतरण गरेको थियो। बिहीबार जनकपुबारबाट काठमाडौं तर्फ आएको जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेपछि एउटा पांग्रा बिना नै सुरक्षित अवतरण गरेको हो ।

तर उक्त जहाजले काठमाडौंमा अवतरण गरिसकेपछि मात्रै पोष्टफ्लाइट चेक गर्ने क्रममा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नै गतै छुटेको पत्ता लागेको हो। जनकपुरमा चेक गर्दा विमानस्थलको रनवेको टर्निङमै ल्यान्डिङ गेयर भेटिएको थियो ।

पछी जहाजमा केही प्राविधिक गडबडी देखिएपछी जहाजलाई टेक्निकल टिमलाई हस्तान्तरण गरिएको नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उक्त जहाजमा ६२ जना यात्रुहरु सवार रहेका थिए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस