आज: २०८२ चैत्र १५, आईतबार | Sun, 29, Mar, 2026

अमेरिका लैजाने भन्दै रकम ठगी गर्ने धादिङका रवि खनालसहित ४ पक्राउ

२०८१ फागुन २६, सोमबार मा प्रकाशित ( १ साल अघि) १३११४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २६ फागुन।

वैदेशिक रोजगारीको लागि अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। उक्त आरोपमा पक्राउ पर्ने ताप्लेजुङ सिरिजंघा गाउँपालिका १ का ४० वर्षीय ललितबहादुर इवारम र सोही ठाउँका ३३ वर्षीय दीपेश सुब्बा लिम्बू रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका टोलीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका ८मा बस्दै आएका उनीहरूलाई आइतबार पक्राउ गरेको हो। उनीहरु बस्ने स्थानबाट प्रहरीले पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनु भयो।

उपरीक्षक आचार्यका अनुसार उनीहरूले दुई जनालाई अमेरिका लैजाने भन्दै प्रलोभनमा पारी ५३ लाख रुपैयाँ ठगी गरेका थिए। पिडितसंग रकम ठगी गरी लामो समयसम्म सम्पर्कविहीन भएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए। पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।

यसैगरी प्रहरीले विभिन्न देश लैजाने भन्दै रकम ठगी गरेको आरोपमा अन्य चार जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका ४ की २४ वर्षीया सरु परियार, कञ्चनपुर बेलौरी नगरपालिका(३ का ३२ वर्षीय जेम्स राना, कीर्तिपुर नगरपालिका(६ काठमाडौंकी ३४ वर्षीया रेखा तुलाधर र धादिङ निलकण्ठ नगरपालिका९ का २७ वर्षीय रवि खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुले अष्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट दुई लाख ५० हजार, क्रोएसिया पठाइदिने बहानामा रानाले एक जनाबाट तीन लाख, जापान पठाइदिने भनी तुलाधरले चार जनाबाट १३ लाख दुई हजार र खनालले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट १४ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस