आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

घर छेउमै आएर जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बृद्धको मृत्यु

२०८१ फागुन २९, बिहिबार मा प्रकाशित ( १0 महिना अघि) १३३०० पटक पढिएको
नारी बाटिका


बर्दिया २९ फागुन।

बर्दियाको ठाकुरबाबा नगरपालिका २ बलातीमा जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय एक वृद्धको मृत्यु भएको छ।

गए राति अ.११ बजे घर छेउकै खेतमा हात्तीले गहुँ खाइरहेको थाहा पाएर धपाउन गएका बोलीराम थारूलाई हात्तीले आक्रमण गरेको थियो। थारूले हात्ती धपाउन टर्च बाल्ने बित्तिकै उनलाई आक्रमण गरेको स्थानीयले बताएका छन्।

हात्तीको आक्रमणबाट थारूको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि अधिकारीले जानकारी दिए। घर छेउमै आएर हात्तीको आक्रमणबाट थारुको मृत्यु भएपछि स्थानीयहरु आक्रोशित भएका छन्।

बर्दिया जिल्लामा पटक पटक यस्ता घटना हुने गरेका छन् । यस पटक पनि हात्ती गाउँ बस्तीमा पसेको सूचना पायर पनि निकुञ्जले समयमै जानकारी नदिएको स्थानीयबासीको आरोप छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस