
नारी बाटिका
धादिङ- ६ चैत्र ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि धादिङमा सम्पूर्ण तयारी पूरा भएको छ। शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रशासकीय प्रमुख भुमीलाल शर्मा सुवेदीका अनुसार जिल्लाभरका सामुदायिक र संस्थागत विद्यालयबाट ५ हजार ४सय ७५ विद्यार्थी परीक्षामा सामेल हुनेछन्।
जसमा सामुदायिक विद्यालयतर्फबाट ५हजार ९४ विद्यार्थी र संस्थागत विद्यालयतर्फका ३सय ८१ विद्यार्थी तथा प्राविधिक धारतर्फ १ सय ६४ जना विद्यार्थीले परीक्षा दिनेछन्। जिल्लाभरमा यस वर्ष परीक्षाका लागि २४ वटा परीक्षा केन्द्र तोकिएका छन्।
यस्तै परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका लगायतका सामाग्रीहरु केन्द्रहरूमा पुर्याइसकिएको बताईएको छ । साथै प्रश्नपत्रहरू परीक्षा केन्द्र नजिकै रहेका प्रहरी चौकीमा सुरक्षित रूपमा राखिएको छ। सुवेदीका अनुसार, परीक्षाको सुचारु व्यवस्थापन सुनिश्चित गर्न सम्पूर्ण तयारी पूरा भइसकेको बताउनु भयो ।
यस वर्षको एसईई परीक्षा भोलि, चैत्र ७ गतेदेखि सुरु हुँदैछ। परीक्षा स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सञ्चालन गर्न शिक्षा विकास तथा समन्वय इकाई धादिङले सम्पूर्ण संयन्त्र परिचालन गरेको नारी वाटिकालाई जानकारी दिनु भयो।








प्रतिक्रिया दिनुहोस