
नारी बाटिका
काठमाडौं ७ चैत।
सुदूरपश्चिमका विभिन्न जिल्लाका छाउपडी प्रथा अन्त्य गर्न ७७५ छाउगोठ भत्काइएको मन्त्री सुडीले बताउनु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर शाह सुडीले छाउपडी अन्त्य गर्न कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका ७७५ छाउगोठ भत्काइएको बताएका छन्। शुक्रवारको राष्ट्रियसभा बैठकको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले यस्तो बताएका हुन् ।
मन्त्री सुडीका अनुसार कर्णाली प्रदेशको जाजरकोटमा एक, कालिकोटमा १५, सुर्खेतमा २९७ तथा सुदूरपश्चिम प्रदेशको बझाङमा २०, कैलालीमा ६९, बाजुरामा १६८ र अछाममा २२१ गरी जम्मा ७७५ छाउगोठ भत्काइएका छन्। छाउगोठमा बस्ने र बस्न लगाउनेलाई कानूनी दायरामा ल्याउने प्रयास गरिएको उहाँको भनाइ छ।
यस अभियानमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत महिला हिंसा र छाउपडी कुप्रथाविरुद्धको अभियानलाई उच्च प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरिएको बताए। महिनावारीमा गर्ने भेदभाव, विभेद र शोषण तथा अन्यायको अन्त्य गरी सुसज्जन समाज निर्माणको लागि मर्यादित महिनावारी सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारिएको उहाँको भनाई छ ।
त्यसैगरी ‘कुनैपनि किसिमबाट महिनावारीको समयमा गर्ने भेदभाव,विभेद र शोषण तथा अन्यायको अन्त्य गरी सुसज्जन समाज निर्माणका लागि मर्यादित महिनावारी सम्बन्धी निर्देशिकाको मस्यौदा तयार गरिएको छ।’
गृह मन्त्रालयले समेत चालू आर्थिक वर्षमा छाउपडी प्रथाको अवस्थाबारे अध्ययन गरी २९७ तथा सुदूरपश्चिम प्रदेशको बझाङमा २०, कैलालीमा ६९, बाजुरामा १६८ र अछाममा २२१ गरी जम्मा ७७५ छाउगोठ भत्काइएका थिए। छाउगोठमा बस्ने र बस्न लगाउनेलाई कानूनी दायरामा ल्याउने प्रयास गरिएको मन्त्री सडीको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस