आज: २०८२ श्रावण २५, आईतबार | Sun, 10, Aug, 2025

युवकको हत्या अभियोगमा धादिङका दुई युवासहित १६ जना पक्राउ

२०८१ चैत्र १३, बुधबार मा प्रकाशित ( ४ महिना अघि) ९६४२ पटक पढिएको
नारी बाटिका


धादिङ १३ चैत ।

काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक युवकको हत्या घटनामा संलग्न रहेको अभियोगमा धादिङका दुई युवासहित प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–५ का २१ वर्षीय सुजन तामाङ,सिद्धलेक गाउँपालिका–७का २३ वर्षीय विनय आलेमगर, पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ घर भई हाल काठमाडौँ नागार्जुन–१० स्युचाटार बस्ने २१ वर्षीय आशिष श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि–१५ बस्ने २७ वर्षीय राज अर्याल, सिन्धुलीको कमलामाई–११ का २० वर्षीय डेनियल विश्वकर्मा रहेका छन् ।

यसैगरी सर्लाही बागमती–५ का २० वर्षीय निश्चल ब्लोन तामाङ, सुनसरीका १९ वर्षीय सुशान श्रेष्ठ, ताप्ली गाउँपालिका–७ उदयपुरका २१ वर्षीय खेमराजबहादुर मगर, गोरखा गण्डगी गाउँपालिका–१ का २२ वर्षीय रन्जित श्रेष्ठ रहेका छन् ।

यस्तै ताप्ली गाउँपालिका–७ उदयपुरका २० वर्षीय साङ्गे तामाङ, काठमाडौँ नागार्जुन–९ स्युचाटार बस्ने २५ वर्षीय अजित बुढाथोकी, सोही स्थान बस्ने २५ वर्षीय रोहित खड्का, नवलपरासी पूर्व, देवचुली नगरपालिका–९ का २० वर्षीय प्रवीन झेडी, तनहुँको व्यास नगरपालिका–१० का १९ वर्षीय गौतमकमल जोगी, सुनसरीको धरान उपमहानगरपालिका–७ का २२ वर्षीय प्रवेश गुरुङ तथा काठमाडौँको दक्षिणकाली नगरपालिका–१ का २२ वर्षीय डेबिड घले रहेका छन्।

शोमबार साँझ काठमाडौँ महानगरपालिका–१४ खड्का गाउँस्थित सडकखण्डमा दुई समूहबीच झगडा हुंदा दोलखा (साविकको भेड्पु गाविस) हाल मेलुङ गाउँपालिका–४ स्थायी घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ बस्ने २३ वर्षीय अभय भन्ने अबे तामाङको मृत्यु भएको हो ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ घर भई हाल काठमाडौँ नागार्जुन–१० स्युचाटार बस्ने २१ वर्षीय आशिष श्रेष्ठसमेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रड प्रहार गरी घाइते बनाएकामा निज युवकको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानका क्रममा १६ जना युवाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनु भयो । उनीहरुलाई मंगलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ । ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस