आज: २०८२ श्रावण २५, आईतबार | Sun, 10, Aug, 2025

हेटौँडाबाट मिनी ट्रकमा १५ गाईसहित ३ जना नियन्त्रणमा

२०८१ चैत्र २०, बुधबार मा प्रकाशित ( ४ महिना अघि) ४८०६ पटक पढिएको
नारी बाटिका


हेटौँडा २० चैत ।

मकवानपुर जिल्लामा अवैध गाई गोरु तस्करीको घटना पटक पटक भईरहेको छ। सशस्त्र प्रहरी बल नेपाल र पशु सेवा कार्यालय मकवानपुरमा नेपाल प्रहरी र सशस्त्र बलका संयुक्त टोलीले १५ वटा गाई सहित मिनी ट्रक र तीन जनालाई नियन्त्रणमा लिएको छ ।

मंंगलबार राति करिब ३ बजे हेटौँडा(१५ स्थित पूर्व(पश्चिम लोकमार्गको चेकपोइन्टमा एक ट्रकमा शंका लागेपछि प्र.२(०३(०१ ख ३७४९ नम्बरको मिनी ट्रक रोकी चेक जाँच गर्दा अवैध रुपमा गाई विक्री वितरण गर्न लागिएको भेटिएको हो। ट्रकभित्र कोचेर राखिएका गाईहरू फेला परेपछि सुरक्षाकर्मीहरूले थप सोधपुछ गरे।

चेक जाँचको क्रममा ट्रकमा रहेको भेटेरिनरी प्रमाणपत्र नेपाल पशु चिकित्सा परिषद्ले पहिल्यै निलम्बन गरिसकेको डाक्टरद्वारा जारी गरिएको खुल्यो। पशु सेवा कार्यालय प्रमुख बज्र किशोर ठाकुरले निलम्बित डाक्टरले जारी गरेको प्रमाणपत्र स्वतः अवैध हुने बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस