
नारी बाटिका
काठमाडौं २३ चैत ।
आज चैते दशैं अष्टमी शक्तिस्वरूपा भगवतीको पुजा आराधना गरी मनाईदै छ । हिन्दुधर्मालम्विहरुले शनिबार शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदशैँ पर्व मनाइँदै छ। आजको चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ।
चैत दशैंमा पनि शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने आज अष्टमीमा मात्र देवीको आराधना गर्ने गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउनु हुन्छ।
त्यस्तै भोली रामनवमींमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ। चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने प्रचलन छ।
आज काठमाडौंको गुह्येश्वरी, भद्रकाली, शोभाभगवती, नक्साल भगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, सिन्धुपाल्चोकमा पाल्चोक भगवती गोरखामा मनकामना, बाँकेमा बागेश्वरी गायत शक्त्तिपीठमा बिहानैदेखि घुइँचो लागेको छ।







प्रतिक्रिया दिनुहोस