
नारी बाटिका
एजेन्सी ।
नेपालीहरुको लागी अमेरिका जस्तै रोजाईमा परेको गन्तव्यको देश अष्ट्रेलियामा पछिल्लो समयमा बेरोजगारीको संख्या बढ्दै गएको छ । बिहीबार अष्ट्रलियामा प्रकाशित सरकारी तथ्याङ्कमा बेरोजगारीको दर बढेको उल्लेख गरिएको हो ।
सरोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउदै बेरोजगारी दर लगातार पाँच महिना ४.० प्रतिशतमा रहेको एबीएसले जनाएको छ ।अष्ट्रेलियाको तथ्याङ्क विभाग (एबीएस)का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ भने जुन र फेब्रुअरीमा ४.० प्रतिशत पुगेको थियो ।
पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको सङ्ख्या तीन लाख आठ अर्थात २.२ प्रतिशत)ले बढेको जनाइएको छ, जुन महामारी पूर्वको २० वर्षको औसतलाई हेर्दा २.० प्रतिशतभन्दा बढी हो ।
रोजगारमा रहेका अष्ट्रेलियाली नागरिकहरूको सङ्ख्या फेब्रुअरी र मार्चको बीचमा ३२ हजार २०० ले वृद्धि भएको एबीएसले जनाएको छ । तर सोही अवधिमा बेरोजगार व्यक्तिहरूको सङ्ख्या तीन हजारले बढेको थियो ।
एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकले रोजगार–जनसङ्ख्या अनुपात (काम गर्ने उमेरको जनसङ्ख्या) मार्चमा ६४.१ प्रतिशत रहेको बताए । रोजगारीमा वृद्धि भएपनि क्रिकले अष्ट्रेलियालीहरूले काम गर्ने समय मार्चमा ०.३ प्रतिशतले घटेको बताउदै यसको कारण चक्रवात लगायत प्रमुख मौसमी घटनाहरू भएको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस