
नारी बाटिका
काठमाडौँ -७ वैशाख ।
गृह मन्त्रालयले आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने भएपछि कडा चेतावनी दिएको छ।
मन्त्रालयले शनिबार एक सुचना जारी गर्दै संविधान र कानुनको उल्लङ्घन गर्ने तथा समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र त्यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने सुचनामा जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरिएको विज्ञप्ति मार्फत राप्रपाले निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शन गर्ने भन्ने सार्वजनिक अभिव्यक्ति र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
प्रकाशित विज्ञप्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२र०१र०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ,’ ।
मन्त्रालयले सबैलाई कानुनको पालना गर्न आग्रह गर्दै हिंसा फैलाउने अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ।संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । राप्रपाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ।
आइतबारको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने बताइएको छ। राप्रपाले सामूहिक गिरफ्तारी दिँदै आन्दोलनलाई थप सशक्त बनाउने रणनीति बनाएको छ ।








प्रतिक्रिया दिनुहोस