साढे १७ अर्बभन्दा बढीको कारोबार भएको प्रहरीको दावी
काठमाडौं -१६ वैशाख।
सीआईबीले ११ जिल्लाबाट हुन्डी कारोबारमा संलग्न रहेका २१ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको थियो । पक्राउ परेकाहरूले साढे १७ अर्ब रुपैयाँभन्दा बढीको अवैध रुपमा कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनु भयो ।
सीआईबीद्रवारा प्रकासित विज्ञप्ति अनुसार पक्राउ पर्नेमा वीरेन्द्रप्रसाद साह ५९ वर्ष, मोरङ, दीपेन्द्रप्रसाद साह ३१ वर्ष, मोरङ,, श्रवणकुमार साह २४ वर्ष, महोत्तरी,, तारालाल यादव ३२ वर्ष, सप्तरी,, हरेराम महतो ,२५ वर्ष, सर्लाही,, निरोजकुमार महतो ३१ वर्ष, धनुषा,,अलितादेवी महतो ४५ वर्ष, धनुषा, प्रकाश सिंह ३५ वर्ष, धनुषा, अरुणकुमार साह २७ वर्ष, धनुषा, प्रदीपकुमार साह २६ वर्ष, पर्सा,, संजीवकुमार महतो ४४ वर्ष, धनुषा जिल्लाका छन् ।
यसैगरी राजकमल लोनिया २२ वर्ष, नवलपरासी,, भीमकुमारी गुरुङ ४३ वर्ष नवलपरासी,, रामविलास साह तेली ३५ वर्ष, सप्तरी, ममताकुमारी साह ३२ वर्ष, सप्तरी, बिकर्णजंग राणा ३२ वर्ष, पर्सा,, गणपती पाण्डे ३४ वर्ष, नवलपरासी, सलमा खातुन ३८ वर्ष, वीरगन्ज, शुसिलाकुमारी शाहु ३१ वर्ष, सप्तरी, गोविन्दप्रसाद आचार्य ६४ वर्ष, चितवन र सम्भु मेहता २२ वर्ष, सप्तरी जिल्लाका रहेका छन् ।
त्यस गिरोहले विदेशबाट नेपालमा आउने वैधानिक विप्रेषण (रेमिटेन्स) प्रणालीलाई नै कमजोर पारी आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा अवैध रूपमा रकम आप्रवाह गर्ने कार्य गर्दै आएका थिए । सोही क्रममा डिजिटल वालेट सेवा जस्तै सजिलो पे र पेवेल नेपालको मनि म्युलहरूलाई प्रयोग गरेर अवैध रकम बैङ्क खातामा जम्मा गरिएको थियो । पक्राउ परेकाहरूमध्ये धेरैजसो मनि ट्रान्सफर तथा ट्रेडर्स कम्पनी सञ्चालन गर्दै आएका व्यक्तीहरु छन् ।
कारोबारमा उनीहरुले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । त्यस्तै अवैध कारोबारमा संलग्न कम्पनीहरूमा डीएस ट्रेडर्स तथा रेमिटेन्स, दीपज्योति ट्रेडर्स, रिया ट्रेडर्स, आनन्द ट्रेडर्स, न्यू सन्ध्या इन्टरप्राइजेज, अलिता मनी ट्रान्सफर, श्री अञ्जल इन्टरप्राइजेज रहेका छन् ।
यसैगरी आर एन्ड आर सब रेमिट प्रालि, जय माँ जनकी मनि ट्रान्सफर, पूजा सप्लायर्स, ताशी ट्राभल्स एन्ड टुर्स, शिवम् इन्टरप्राइजेज, सस्विका मनी ट्रान्सफर, गोल्डेन स्काई टुर्स एन्ड ट्राभल्स, खुशी मनी ट्रान्सफर, राधिका ट्रेडर्स, हिमालयन मनी ट्रान्सफर, सगरमाथा रेमिटेन्स रहेका छन् ।
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अनुसार जारी निर्देशनविपरीत कार्य गरेकोले उनीहरूविरुद्ध अनुसन्धान भइरहेको शाहीले जानकारी दिनु भयो। हुन्डी कारोबार संगठित अपराधजस्तो पनि देखिएको हुनाले यससम्बन्धी थप अनुसन्धान भइरहेको शाहीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस